जुम्ला पुगेका डा. केसीले भने, ‘विगतका सम्झौता कार्यान्वयन नगरे पुनः सत्याग्रह’ 

जुम्ला पुगेका डा. केसीले भने, ‘विगतका सम्झौता कार्यान्वयन नगरे पुनः सत्याग्रह’ 

चिकित्सा क्षेत्रको सुधारको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले विगतका सम्झौताहरु कार्यान्वयन नगरिए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। जुम्ला पुगेका केसीले चिकित्सा सुधार र दुर्गममा मेडिकल शिक्षाका लागि विगतमा सरकारसँग भएका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरे अनशनमा बस्ने चेतावनी दिएका हुन्।

आइतबार जुम्लाबाटै एक विज्ञप्ती जारी गर्दै सरकारसँग विभिन्न माग राखेका छन्। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु-याएर एमबीबीएसलगायत कार्यक्रमहरु सञ्चालन गर्न माग गरेका छन्।

यस्तै, प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनका लागि दिइनुपर्ने अनुमति प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको आरोप लगाउँदै उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गरेका छन्। 

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी पठनपाठन सुरु गराउन सकारसमक्ष उनले माग राखेका छन्। प्रदेश २, गण्डकी प्रदेश तथा डोटी÷डडेलधुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल खोल्ने प्रक्रिया पनि तत्काल अघि बढाउन विज्ञप्तिमार्फत डा. केसीले माग गरेका छन्। 

यसअघि अनशन बस्दा २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने डा. केसीको माग छ। 

यस्तै, त्रीवी चिकित्साशास्त्र अध्ययन संस्थानहरुमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने र विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पराशर कोइरालाको नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पादरर्शीता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था कायम गर्न विज्ञप्तीमा माग गरिएको छ। उनले तीन दिनभित्र आफ्ना मागहरु पूरा नगरे पुनः अनशनमा बस्ने चेतावनी दिएका छन् ।  


Leave a Reply

Your email address will not be published.