जनकपुरमा सरकारविरुद्ध अर्धनग्न प्रदर्शन

जनकपुरमा सरकारविरुद्ध अर्धनग्न प्रदर्शन

दलित अगुवाहरूले जनकपुरमा अर्धनग्न प्रदर्शन गरेका छन्। दलितहरूमाथि श्रृंखलावद्ध रुपमा हत्याहिंसा भइरहेको भन्दै उनीहरूले जनकपुरमा सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन्।

संयुक्त दलित संघर्ष समिति गठन गरेर उनीहरूले आइबतार जनकपुरसहित प्रदेश २ का अन्य जिललाहरूमा समेत प्रदर्शन गरेका छन्। 

जनकपुरको जनक चोकबाट निस्केको विरोध जुलुस शिव चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर केहीबेर धर्ना दिएको थियो।

प्रदर्शनपछि जनक चोकमा कोणसभाको आयोजना गरेर धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा मृत्यु भएका राजु सदाले न्याय नपाएसम्म आन्दोलन जारी रहेने उननीहरूले बताएका छन्।

कोणसभामा बोल्दै संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले घटनाहरूको अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा नल्याइए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए।

संघर्ष समितिले साउन १३ गते जिल्लाको सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन, १५ गते मृदंग बजाउने, पोस्टर टाल्ने र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालीन धर्ना बस्ने कार्यक्रमसमेत घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published.