ट्रक र जिप ठोक्किँदा रुपन्देहीमा दुईजनाको मृत्यु, चार घाइते

ट्रक र जिप ठोक्किँदा रुपन्देहीमा दुईजनाको मृत्यु, चार घाइते

रुपन्देही पूर्व पश्चिम महेन्द्र राजमार्गको सैनामैना बनकट्टामा ट्रक र पिकअप जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ४७९५ नम्बरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको  लु२च २०२१ नम्बरको पिकअप जिप एक आपसमा ठक्कर खाँदा जीप चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा प्युठान स्वर्गदारी नगरपालिका- ६ बस्ने वर्ष अन्दाजी २३ को तेजेन्द्र बुढा मगर मृत्यु भएको हो। प्युठानकै स्वर्गदारी नगरपालिका-५ बस्ने वर्ष अन्दाजी ४० को होम बहादुर घर्ती मगरको बुटवलको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  

घाइते हुनेमा प्युठान स्वर्गदारी नगरपालिका-५ बस्ने वर्ष ३६ को खेमराज परियार, यम राज घर्ती, दाङ राप्ती गाउँपालिका-१ बस्ने वर्ष ५७ को जोख बहादुर घर्ती मगर, वर्ष ३५ की चनी घर्ती मगर छन्। ट्रक चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.