पर्सामा ४५ किलो गाँजा बरामद

पर्सामा ४५ किलो गाँजा बरामद

पर्सा प्रहरीले बहुदरमाई नगरपालिका-९ बाट ४५ किलो गाँजा बरामद गरेको छ। 

स्थानीय धनिलाल साह कलवारको घरमा छापा मारी प्रहरीले शनिबार गाँजा बरामद गरेको हो। 

गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरी कलवारको घरमा पुगेको थियो।  

घरमा तलासी लिँदा फलामको तीन वटा ड्रममा गहुँले छोपेर राखेको अवस्थामा गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ। फरार कलवारको खोजी भइरहेको प्रहरीले जनायो।


Leave a Reply

Your email address will not be published.