६५ वर्षीय महिलाद्वारा श्रीमानको हत्या

६५ वर्षीय महिलाद्वारा श्रीमानको हत्या

घरायसी विवादका कारण बाँके खजुराकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। आइतबार दिउँसो खजुरा गाउँपालिका- ६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गरी ७५ वर्षीय श्रीमान लक्षीराम थारुको हत्या गरेकी हुन्।

घरायसी विवादमा मिटियाले हानेको बन्चरोले लक्षीरामको टाउको, खुट्टा र हातमा चोट लागेको थियो। बन्चरो प्रहारबाट लक्षीरामको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घट्नालगत्तै इलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले बन्चरोसहित मिछियालाई नियन्त्रणमा लिएको थियो।


Leave a Reply

Your email address will not be published.