रन्जनलाई सजाय छुट प्रकरण- सर्वाेच्चले भन्याे, घटनालाई ‘भवितव्य’ भन्न मिल्दैन

रन्जनलाई सजाय छुट प्रकरण- सर्वाेच्चले भन्याे, घटनालाई ‘भवितव्य’ भन्न मिल्दैन

पत्नी हत्या गरी जेल परेका सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालको कैदबारे सर्वोच्च अदालतले कैद घटाएको फैसलाविरुद्ध सर्वोच्चले नै त्रुटीपूर्ण रहेको प्रारम्भिक ठहर गरेको छ। 

‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रन्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लाश लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातालाई सामान्य अवसथाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिदैन’ आदेशमा भनिएको छ।

आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको कैद घटाउन नमिल्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरवलोकन गर्न अनुमति दिएको हो।

पूर्वडिआइजी कोइरालाले प्रहरीसँगको बयानमा कसुर स्वीकारे पनि अदालतमा कसुर इन्कार गरेका, लास लुकाउन गरेको प्रयत्नबाट उक्त घटना सामान्य र भवितव्य मान्न मिल्ने नदेखिएको र सर्वोच्च अदालतकै नजिरहरू विपरीत फैसला भएको सर्वोच्चले आज ठहर गरेको छ।

सर्वस्वसहित जन्मकैदको सजाय छुट दिनका लागि प्रयोग भएको साविक मुलुकी ऐनको अ.ब १८८ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) को गलत प्रयोग भएको ठहर गरेको हो।

आइतबार श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने अनुमति तीन जना न्यायाधीश सम्मेलित पूर्ण इजलासले दिएको छ।

 


Leave a Reply

Your email address will not be published.