राम मन्दिरका लागि अगस्ट ५ मा भूमि पूजा गर्दै मोदी
भारतमा राम मन्दिर निर्माण कार्य अगाडि बढिसकेको छ।
मोदी सरकारले अयोध्यामा निर्माण गरिरहेको राम मन्दिरको अगस्ट ५ मा शिलान्यास तथा भूमि पुजनको तयारी गरिरहेको छ।
भारतीय सञ्चार माध्यमले अगस्ट ५ मा राम मन्दिरको शिलान्यास कार्यक्रम तथा भूमि पुजन हुने जनाएका छन्। भूमि पुजन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित करिब २ सय अधिकारी सहभागी हुने र दूरदर्शन टेलिभिजनबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण हुने बताइएको छ।
राम मन्दिर निर्माणको जिम्मेवारी भारत सरकारले अहमदाबादका इन्जिनियर चन्द्रकान्त सोमपुरालाई दिएको छ।
चन्द्रकान्तका बुवाले प्रभाशंकर सोमपुराले पाटनमा रहेको सोमनाथको निर्माण गरेका थिए।
मन्दिर तीन तहको संरचनामा निर्माण हुने र १ सय ६१ फिटको उचाइ रहने निर्माण कम्पनीले जनाएको छ।
पौराणिक पात्र सीता, लक्ष्मण, गणेश तथा हनुमानका लागि छुट्टा छुट्टै मन्दिर निर्माण गरिने छन्। यस मन्दिर निर्माणका लागि ६ लाख क्युबिक फिट ढुङ्गा प्रयोग गरिने छ।
इन्जिनियर सोमपुराले राम मन्दिरको निर्माण तीन चार वर्षभित्र सम्पन्न हुने जनाएका छन्।
मन्दिरमा ३ सय ६६ पिलरको प्रयोग गरिने छ भने सिँढीको चौडाइ १६ फिट हुनेछ।