साउनको दोस्रो सोमबार पनि पशुपति खुलेन
साउनको दोस्रो सोमबार आज पनि पशुपतिको मूल मन्दिर खुलेन। चैत ११ देखि लकडाउन भएसँगै पशुपति पनि बन्द छ।
साउनको पहिलो सोमबार पनि पशुपति खुलेन। तर मन्दिरमा भने श्रद्धालु देखिए। बाहिरैबाट पूजा गरेर फर्किए।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालका अनुसार सरकारले मन्दिरलगायत केही क्षेत्र अझै खोल्ने नीति नलिएका कारण पशुपति नखोलिएको बताए।