फेरि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा

फेरि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले फेरि वर्षा हुने प्रक्षेपण गरेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले आज सोमबार रातिबाट फेरि भारी वर्षा हुने आकलन गरिएको हो।

न्यून चापीय रेदासँगै अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना छ।

महाशाखाले बुलेटिन जारी गरेर ‘तीन/चार दिनसम्म नेपालमा मनसुन सक्रिय हुने र देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

देशभर सामान्य बदली रही प्रदेश नम्बर १ बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ।

झरीका कारण नदीखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

मंगलबार पनि देशभर सामायदेखि पूर्ण बदली रहने र सातवटै प्रदेशमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


Leave a Reply

Your email address will not be published.