जलाइएका चेपाङका घर १० दिनमै बनाइदेऊ: नेकपा नेता शर्मा 

जलाइएका चेपाङका घर १० दिनमै बनाइदेऊ: नेकपा नेता शर्मा 

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले चितवनको माडी-९ कुसुमखोलामा भूमिहीन चेपाङ समुदायका घर जलाउनेमाथि कारबाहीको माग गरेका छन्।

वन क्षेत्र अतिक्रमण गरी बसेको भन्दै  निकुञ्ज प्रशासनले साउन ४ गते चेपाङ बस्तीका ८ घर हात्ती लगाएर भत्काएको थियो, भने दुई घरमा आगो लगाइएको थियो। 

पूर्वगृहमन्त्री समेत रहेका शर्माले सोमबार फेसबुकमा लेखेका छन्, ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ।’


Leave a Reply

Your email address will not be published.