सनराइज बैंकले ल्यायो ८.९५५ प्रतिशत ब्याजदरमै घर कर्जा 

सनराइज बैंकले ल्यायो ८.९५५ प्रतिशत ब्याजदरमै घर कर्जा 

सनराइज बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएकाे छ। याे याेजनाबाट सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा पाइने बैंकले जनाएकाे छ। 

सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउने बैंकले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ।

यसैगरी बैंकले शेयर धितो कर्जामा ९.९५५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ।

कोरोना भाइरसले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिमा कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ।

‘कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ।

ग्राहकले देशका १ सय ३४ वटै शाखाबाट कर्जा लिन सक्ने जनाइएको छ।

‘सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षबाट अपेक्षा गरिएको छ। आफ्ना ग्राहकको सुविधालाई मध्येनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जानेछ,’ विज्ञप्तिमा भनिएको छ।
 


Leave a Reply

Your email address will not be published.