जुम्लामा छोराले ७५ वर्षे बुबाको हत्या गरे

जुम्लामा छोराले ७५ वर्षे बुबाको हत्या गरे

जुम्लाको कनकासुन्दरीमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन्। 

गाउँपालिका–४ निवासी ७५ वर्षीय बुबा दानबहादुर शाहीको छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। 

छोरा ऐनबहादुर शाहीले आफ्नै बुबाको हत्या गरेको प्रहरी नायब उपरीक्षक धामीले बताए। 

छोरा ऐनबहादुरले मदिरा सेवन गरी घटना गरेको प्रहरीले जनाएको छ। घटनापछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ ।

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराईसहितको टोली कनकासुन्दरीको घटनास्थलतर्फ  गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

मृतक शाहीको टाउको, आँखा र कोखामा घाउ भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। मृतक शाही नेपाल प्रहरीका पूर्वअसई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.