आइसिसीले विश्वकप सुपर लिग क्रिकेट जुलाई ३० देखि गर्ने

आइसिसीले विश्वकप सुपर लिग क्रिकेट जुलाई ३० देखि गर्ने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यही जुलाई ३० देखि विश्वकप सुपर लिग क्रिकेट गर्ने भएको छ। 

एकदिवसीय विश्वकपलाई मध्यनजर गर्दै हुन लागेको विश्वकप सुपर लिगको पहिलो खेलमा इंल्यान्ड र आयरल्यान्डबीच प्रतिस्पर्धा हुने आइसिसीले सोमबार जनाएको छ।

पहिलोपल्ट सन् २०१८ मै विश्वकप सुपर लिग गर्ने घोषणा गरिएको थियो । सन् २०२३ मा भारतमा हुने पुरुष एकदिवसीय विश्वकपका रोडम्यापका रूपमा सुपर लिग गर्ने अवधारणा बनाइएको हो।

आइसिसी विश्व क्रिकेट लिग विजेता नेदरल्यान्ड्ससहित १३ टिमले सुपर लिगमा प्रतिस्पर्धा गर्नेछन्। यस सुपर लिगबाट भारतबाहेक शीर्ष सात टिमले विश्वकपमा स्थान बनाउने छन्। भारत सिधैं छनोट हुनेछ।

विश्वकप सुपर लिग होम एन्ड अवेका आधारमा हुनेछ।  यो सुपर लिग २०२० को मेबाट सुरु भएर २०२२ को मार्चअगाडि सम्म चल्ने तालिका थियो । तर कोरोना महामारीका कारण तालिका पछाडि सार्नुपरेको आइसिसीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.