डाँका मुद्दाका फरार अभियुक्त साह पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त साह पक्राउ

प्रहरीले डाँका मुद्दाका एक फरार अभियुक्तलाई जनकपुरबाट पक्राउ गरेको छ। बाह्र वर्षअघि जनकपुरमा भएको डाकामा संलग्न जनकपुरधाम-७ बस्ने बैजु साहलाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम-८ स्थित जीवनाथ चौधरीको घरमा २०६५ भदाै १५ गते डाकामा साह संलग्न रेहेको धनुषा जिल्ला अदालतले करिब डेढ वर्षअघि फैसला गरेपनि साह पक्राउ परेका थिएनन्।

जनकपुरमा बैजु मधेसी नामले समेत परिचित उनलाई अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

डाँका मुद्दामा दोषी सावित भएर फरार रहेका साहलाई जनकपुरधाम-७ जिरोमाइलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसैगरी बैंकिङ्ग कसुर मद्दामा दोषी सावित भइ फरार रहेका अर्का एकजनालाई समेत प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय उपेन्द्र मिश्र रहेको प्रहरीले जनाएको छ। 

तेजनारायण ईसर केवटले दिएको जाहेरीमाथि भएको सुनवाइमा उच्च अदालत जनकपुरले मिश्रलाई दोषी ठहर गर्दै ९ लाख ९० हजार जरिवाना र १५ दिन कैद सजाय सुनेको थियो।


Leave a Reply

Your email address will not be published.