सत्याग्रह बसेका युवाको माग पूरा गर्न सुशासन अभियानको माग

सत्याग्रह बसेका युवाको माग पूरा गर्न सुशासन अभियानको माग

हाम्रो नेपाल सुशासन अभियानले इनफ इज इनफका अभियन्ता ई र पुकार बमले राखेका माग यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ।

अभियानका तर्फबाट सोमबार संयोजक रमेश खरेलले विज्ञप्ति जारी गरी सत्याग्रहमा बसेका दुवैको माग जायज रहेकाले पूरा गर्न माग गरेका हुन्। 

इनफ इज इनफका अभियन्ता कोभिड-१९ को संक्रमण तथा महामारीबाट नेपाली जनतालाई बचाउनन दस दिनयता सत्याग्रहमा छन्। 

कोभिड-१९ को सबल व्यवस्थापन हुनुपर्ने, भ्रष्टाचारविरुद्ध र पारदर्शीताको पक्षमा सत्याग्रह बसिरहेका छन्। ‘सडकमा शान्तिपूर्ण र अनुशासित रुपमा उत्रिएर शालिनतापूर्वक आवाज बुलन्द गरेका र पाटन मंगलबजारमा सत्याग्रहमा बसेको अवस्थामा हाम्रो अभियानले समेत उहाँहरूको जायज माग र आवाजलाई समर्थन जनाएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले युवाहरुका महत्वपूर्ण र जायज मागहरूलाई बेवास्ता गरी केवल झारा टार्ने मनसायले काम गरेको देखिँदा अभियन्ता युवाहरू बाध्य भई पुनः दोस्रो पटक वसन्तपुरमा सत्याग्रहमा बसेको अवस्था छ।


Leave a Reply

Your email address will not be published.