सबिज कुरियर सर्भिसका सञ्चालक दुई लाख ७९ हजार ठगेको आरोपमा पक्राउ

सबिज कुरियर सर्भिसका सञ्चालक दुई लाख ७९ हजार ठगेको आरोपमा पक्राउ

फेसबुक र इन्स्टाग्राममार्फत दैनिक जीवनमा प्रयोग हुने सामग्री दिँदै आएको सबिज कुरियर सर्भिसका सञ्चालक पक्राउ परेका छन्। 

उपभोक्ताहरूको दुई लाख ७९ हजार ९१० रुपैयाँ ठगी गरेको अभियोगमा सञ्चालक धनुषा सवैला गाउँपालिका-३ घर भई ललितपुर महालक्ष्मी-५ इमाडोल गर्ने २४ वर्षीय धिरज साह पक्राउ परेका हुन्। 

साहले अनलाइन सेवामार्फत औषधी, मोबाइल, घडी, लेडिज कपडा डेलिभरी गराइदिने भनी उक्त बराबरको रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

उनले विभिन्न पाँच जना व्यक्तिबाट उक्त रकम उठाएर सामान नदिएपछि पीडितहरू प्रहरीमा गएका थिए। साहलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.