सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला सांसदमा सिफारिस 

सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला सांसदमा सिफारिस 

निष्कासनमा परेकी पूर्व सांसद सरिता गिरीको ठाउँमा समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन्। 

निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सिटौलालाई संघीय संसद्को प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

आयोगले उनको नाम संघीय सचिवालयमा पठाएको छ। सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि संसद्मै गिरीले सीमाबारे विवादस्पद वक्तव्य दिएपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो।

असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरे पनि उनले स्पष्टीकरण दिएकी थिइनन्। 

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। 


Leave a Reply

Your email address will not be published.