कर्णालीमा थप ३१ जनामा कोरोना पुष्टि
कर्णालीमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखका २८ जना, सल्यानका दुई जना र सुर्खेतका एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। योसँगै कर्णालीका कोरोना संक्रमितको संख्या एक हजार नौ सय १० पुगेको छ।
सोमबार कर्णालीमा दुई सय २० जनामा कारोना भाइरस संक्रमण बारे परीक्षण गरिएको थियो। जसमध्य ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।