१३९ जना संक्रमित थपिए, ६२६ ले जिते कोरोना

१३९ जना संक्रमित थपिए, ६२६ ले जिते कोरोना

देशभर आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप १ सय ३९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन्।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। 

आज ६ सय २६ जनाले कोरोना जितेका छन्। योसँगै कुल संक्रमण जित्नेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ। जुन कुल संक्रमित मध्ये संक्रमण जित्नेको प्रसेन्ट ७३.३५ रहेको छ।

आज थपिएकासँगै देशभर ४ हजार ९ सय ५० जना देशमा सक्रिय संक्रमित रहेका छन्।


Leave a Reply

Your email address will not be published.