रुसले चीनलाई एस-४०० मिसाइल आपूर्ति नगर्ने

रुसले चीनलाई एस-४०० मिसाइल आपूर्ति नगर्ने

रुसले चीनलाई दिँदै आएको एस-४०० (सतहबाट हावामा मार हान्ने) मिसाइलको आपूर्तिमा तत्काल रोक लगाएको छ। 

रुसले चीनलाई जासुसी गरेको आरोप लगाउँदै मिसाइल आपूर्तिमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसी अधिकारीले आफ्नो सेट पीटर्सवर्ग आर्कटिक सोसल साइन्स अकादमीका अध्यक्ष वालेरी मिट्सकोलाई चीनका लागि गोप्य सामग्री दिँदै आएकोमा दोषी पाएका थिए।
 
मिसाइल आपूर्तिमा रोक लगाइनुलाई यस घटनासँग पनि जोडेर हेरिएको छ। यता रुसको यस घोषणापछि चीनले सफाइ दिँदै भनेको छ, ‘मस्कोले यस तरिकाले निर्णय लिनका लागि बाध्य छ। किन कि रुस यस विषयमा चिन्तित छ कि, अहिलेको अवस्थामा एस–४०० मिसाइलको वितरण पिपुल्स लिबरेसन आर्मीको महामारी विरोध गतिविधिमा प्रभावित पार्न सक्छ।’ 

चीनले यसबाट बेइजिङलाई कुनै तनाव नहोस भन्ने रुसले चाहेको बताएको छ। विभिन्न कारणले रुस चीनलाई मिसाइल दिन रोक लगाउने निर्णयमा पुगेको चीनले जनाएको छ। यस प्रकारको हतियार डिल गर्ने कुरा एक जटिल प्रक्रिया भएको बताउँदै बेइजिङले यसका अलावा हतियार प्रयोगमा ल्याउनका लागि जनशक्तिलाई प्रशिक्षणमा पनि लिन पर्ने बताएको छ। 

जसका लागि जनशक्ति रुस पठाउनुपर्ने र अहिले कोरोना महामारीका कारण अप्ठ्यारो परेका कारण पनि रुसले मिसाइल आपूर्तिमा रोक लगाएको हुनसक्ने जवाफ दिएको छ। 

-एजेन्सीकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.