मास्क नलगाउनेलाई कारबाही, तर सामाजिक दूरी खोइ?

मास्क नलगाउनेलाई कारबाही, तर सामाजिक दूरी खोइ?

मास्क प्रयोग नगरेर बाहिर निस्केका एक हजारभन्दा बढी मानिसलाई धनुषा प्रहरीले कारबाही गरेको छ। लकडाउन खुले पनि कोरोना संक्रमणको जोखिम सकिइनसकेको भन्दै मास्क प्रयोग नगर्नेलाई प्रहरीले कारबाही गरेको हो।

मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्रसमेत जारी गरेको छ।

मास्क प्रयोग नगरी बाहिर हिँड्डुल गर्ने एक हजारभन्दा बढी मानिसलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मास्क नलगाइ बाहिर निस्किएका मानिसहरूलाई जनकपुरको विभिन्न स्थानमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

जनकपुरको जिरोमाइलमा सयभन्दा बढी व्यक्तिलाई कारबाहीस्वरुप दुई घण्टा नियन्त्रणमा राखेर सम्झाइबुझाई छोडिएको वडा प्रहरी कार्यालय जिरोमाइल चौकीका प्रमुख सई देव झाले जानकारी दिए। मास्क प्रयोग नगर्ने मानिसहरूलाई नजिकै रहेको पार्कमा दुई घण्टा थुनेर राखिएको उनले बताए।

यता, जनकपुरको जानकी प्रहरी चौकीमासमेत प्रहरीले मास्क प्रयोग नगर्ने मानिसहरूलाई कारबाही गरेको छ।

तर, मास्क प्रयोग गर्न लगाउने नाममा प्रहरीले स्वयं सामाजिक दूरीको उल्लंघन गर्न लगाएको भन्दै स्थानीयले आलोचना गरेका छन्। कारबाहीको नाममा मास्क प्रयोग नगर्ने सबैलाई एक ठाउँमा राखेर प्रहरीले नै सामाजिक दूरीको धज्जी उडाएको स्थानीय राजीव मिश्रले बताए। 

‘मास्क प्रयोग नगर्नेलाई सम्झाइबुझाइ गर्नु त ठीकै हो, तर कारबाहीको नाममा हुल बनाएर सबैलाई एकै ठाउँमा राख्दा संक्रमणको जोखिम बढ्ने पक्का छ,’ उनले भने, 'उनले भने माक्स नलगाउनेलाई कारबाही गर्नु त ठिकै हो। तर, सामाजिक दूरी खोइ?'


Leave a Reply

Your email address will not be published.