त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकले लगाए ताला 

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकले लगाए ताला 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाको कार्यकक्षमा असन्तुष्ट समूहले ताला लगाएका छन्। असन्तुष्ट तीन समूहले सोमबार उपकुलपतिसँगै शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लगाएका छन्। 

तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएका थिए। तीन समूहले फरक फरक ताला लगाएका कारण एकै कार्यालयमा तीन वटा ताला लागेको छ।

बास्कोटासहितका नेतृत्वले त्रिविका विभिन्न संकायमा डिन तथा सहायक डिन नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख नियुक्त गर्दा पनि दलीय आस्थाको आधारमा वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई काँखी च्यापेको तथा त्रिवि सुधारका लागि विगतमा गरेको प्रतिवद्धता पूरा गर्नेतर्फ चासो नदिएको भन्दै असन्तुष्ट समूहले ताला लगाएका हुन्। 

आफूहरूको माग पूरा गर्ने सम्बन्धमा पटक–पटक अल्टिमेटम दिए पनि चासो नदिएको र त्रिविलाई एकलौटी रुपमा सञ्चालन गर्न असन्तुष्ट पक्षको आरोप छ । 

तीन वटा पदाधिकारीको कार्यकक्षको मूल ढोकामा ताला लगाए पनि त्यसभित्र डेढ दर्जनभन्दा बढी कार्यालय रहेका छन्। तालाबन्दीका कारण सबै कार्यालयको काम ठप्प छ। 


Leave a Reply

Your email address will not be published.