कुन्मिङबाट हिमालयले नेपाली उद्धार-उडान गर्ने

कुन्मिङबाट हिमालयले नेपाली उद्धार-उडान गर्ने

नेपाल–चीन संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कोरोना भाइरसका कारण चीनको कुन्मिङमा अलपत्र नेपाली ल्याउन उद्धार उडान तालिका सार्वजनिक गरेको छ।

हिमालयका अनुसार आगामी शुक्रबार कुन्मिङबाट नेपालीलाई काठमाडौं ल्याउन सरकारले उद्धार उडानको अनुमति दिइसकेको छ। यस्तो उडान ८५ प्रतिशत सिट भरिएमात्र सञ्चालन गरिने छ।

टिकट बुकिङ गरेको समयमा यात्रुले कोरोना भाइरस संक्रमण नभएको आरडिटी वा पिसिआर परीक्षण प्रमाण पेस गर्नुपर्ने हिमालयले जनाएको छ। काठमाडौं आएपछि सबै यात्रु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ।


Leave a Reply

Your email address will not be published.