बुटवलमा तीन भारतीय नागरिकमा कोरोना पुष्टि

बुटवलमा तीन भारतीय नागरिकमा कोरोना पुष्टि

बुटवलको सिरक डसना उद्योगमा काम गर्ने तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरूमा पिसिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू साउन ७ गतेदेखि होटेलमा बस्दै आएका थिए।

उनीहरू भारतबाट आएर उक्त होटलमा बसेको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए। उनका अनुसार कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको छ।  

पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरूलाई समेत क्वारेन्टाइनमा पठाइएको उनले बताए।


Leave a Reply

Your email address will not be published.