ऐश्वर्या र उनकी छोरी आराध्याले जिते कोरोना
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनले कोरोना संक्रमण जितेका छन्। ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले सामाजिक सञ्जालमा श्रीमती र छोरीले संक्रमण जितेको भन्दै खुसी व्यक्त गरेका छन्।
कोरोना पुष्टि भएको पाँच दिनपछि नानावटी अस्पताल भर्ना भएका उनीहरूले अस्पताल बसेको १० दिनमा कोरोना जितेका हुन्।
अभिषेकले ट्विटरमा लेखेका छन्, 'तपाईंहरू सबैको कामना र सहानुभूतिका लागि धन्यवाद। म सधैं यो कुराको ऋणि रहने छु। ऐश्वर्या र आराध्या कोरोना नेगेटिभ भइसकेका छन्। र, उनीहरूलाई अस्पतालले डिस्चार्ज समेत गरिसकेको छ। अब उनीहरू घरमा नै रहने छन्। म र मेरा बुवा भने चिकित्सकहरूको निगरानीमा अस्पतालमा नै रहने छौं।'
जुलाई ११ मा अमिताभ बच्चन र अभिषेकमा कोरोना पुष्टि भएको थियो। यस्तै १२ जुलाईमा ऐश्वर्या आमाछोरीमा संक्रमण पुष्टि भएको थियो।