बुद्ध होलिडेजले ल्यायो ६ हजारमा पोखरा प्याकेज

बुद्ध होलिडेजले ल्यायो ६ हजारमा पोखरा प्याकेज

निजी वायुसेवा कम्पनी बुद्ध एयरको भगिनी ट्राभल कम्पनी बुद्ध होलिडेजले पोखरा र चितवनका लागि ‘ट्राभल प्याकेज’ ल्याएको छ।

दुई दिन तीन रातका उक्त प्याकेज खरिद गर्न पोखराका लागि प्रतिव्यक्ति ५ हजार ९ सय ९९ रुपैयाँ र चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

होलिडेजका अनुसार दुई रात तीन दिनको पोखरा प्योकजमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटल र फेरि फर्किंदा विमानस्थलसम्म गाडी सुविधा समावेश गरिएको छ।

त्यसैगरी चितवनको पनि दुई रात तीन दिनको प्योकजमा दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन विमानस्थलबाट सौराहा होटल दुईतर्फी गाडी सुविधा दिइने छ।

कम्पनीले कोरोना भाइरसविरुद्धका सुरक्षा निर्देशिका जारी गरी पूर्वाभ्यास गरिसकेको जनाएको छ। निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटल, रेस्टुरेन्ट तथा कार्यरत कामदारलाई पनि समेटेको होलिडेजकी प्रमुख कार्यकारी अधिकृत आस्था बस्नेतले जानकारी दिइन्।

‘सुरक्षा निर्देशिका पालना गर्न गराउन हामी संवेदनशील छौं र यसको नियमित अनुगमन गर्नेछौं,’ बस्नेतले भनिन्, ‘ट्राभल प्याकेज बनाउनुको मुख्य उद्देश्य आन्तरिक पर्यटन चलायमान तथा प्रवद्र्धन गर्दै विदेशी पर्यटक ल्याउनु हो।’

कोरोना महामारीका कारण लामो समय गरिएको लकडाउनका कारण पर्यटन क्षेत्र निकै शिथिल बनेको र अब यथास्थितिमा फर्किन निकै समय लाग्ने भएका कारण  सरकार र निजी क्षेत्र मिलेर सहकार्य गर्नुपर्ने बस्नेतको भनाइ छ।

विस्तारै पर्यटन उद्योगलाई चलायमान बनाउँदै लैजान होलिडेजले बुद्ध एयर, पोखरा तथा चितवनका होटलहरूको सहकार्यमा नाफारहित प्याकेज ल्याएको जनाएको छ।


Leave a Reply

Your email address will not be published.