मन्त्रिपरिषदद्वारा यी क्षेत्रमा बढुवा र नियुक्ति

मन्त्रिपरिषदद्वारा यी क्षेत्रमा बढुवा र नियुक्ति

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विभिन्न क्षेत्रमा बढुवा र नियुक्ति गरेको छ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) द्वय निरज शाही र प्रद्युम्न कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

असार ३१ गते गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम एआइजीका लागि सिफारिस गरेको थियो। 

यसैगरी, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

हाल प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव भएर काम गरिरहेका मरासिनी त्यसअघि अर्थ मन्त्रालयमा थिए।

बढुवा सिफारिस समितिले मरासिनीसँगै सहसचिवहरू चन्द्रमान श्रेष्ठ र  गोकर्णमणि दुवाडीको नाम सिफारिस गरेको थियो।

मन्त्रिपरिषदले राष्ट्रिय खेलकुद परिषद् (राखेप्र) को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ।  उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त भएका छन्।

सरकारले रेडियो नेपालको महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गरेको छ।


Leave a Reply

Your email address will not be published.