पहिरोले घर पुर्‍याे: छोराछोरीको मृत्यु, आमा घाइते

पहिरोले घर पुर्‍याे: छोराछोरीको मृत्यु, आमा घाइते

बाग्लुङको तमानखोला गाउँपालिका-२ खोलेजवाङमा पहिरोले एउटा घर पुरेको छ। 

वर्षासँगै सोमबार राति पहिरो जाँदा पानबहादुर विकको घर पुरिँदा उनका दुई छोराछोरीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र रेग्मीका अनुसार पहिरोले घर भत्काउँदा पानबहादुरका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको हो। 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरका अनुसार पहिरोमा पानबहादुरकी श्रीमती होमकुमारी घाइते भएकी छन्। उनलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

पानबहादुर वैदेशिक रोजगारीमा रहेको बुढामगरले जनाए।

त्यसैगरी बागलुङकै निसीखोला गाउँपालिका-१ हर्दी गाउँमा पनि पहिरोले एक घर भत्काएको छ।

कमल परियारको घर भत्किँदा उनका ३ वर्षीय छोरा समीरको मृत्यु भएको डिएसपी रेग्मीले जनाए। 


Leave a Reply

Your email address will not be published.