च्याउ खाँदा एकको मृत्यु, आठ जना बिरामी , उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी

च्याउ खाँदा एकको मृत्यु, आठ जना बिरामी , उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी

स्याँक्री च्याँउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। सोमबार राति जाजरकोटको कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु भएको हो। 

च्याउ खाँदा आठ जना गम्भीर बिरामी परेका छन्। बिरामी हुनेहरुमा टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने रहेको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिए। बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए।
 


Leave a Reply

Your email address will not be published.