नेकपा स्थायी कमिटी बैठक फेरि सर्‍यो, दुई अध्यक्ष प्रस्ताव तय गर्न जुटे

नेकपा स्थायी कमिटी बैठक फेरि सर्‍यो, दुई अध्यक्ष प्रस्ताव तय गर्न जुटे

नेपाल कम्युनिस्ट पार्टीको ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। 

दुई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीबीच आवश्यक परामर्श र गृहकार्य गरी प्रस्ताव तय गर्न ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको हो।

पार्टी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्तावमा दुबै अध्यक्ष जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

बैठक फेरि कति बेला बस्ने भन्ने खुलाइएको छैन। 

नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक व्यवस्थापन तथा सत्ता सञ्चालनबारे लामो समयदेखि विवाद रहँदै आएको छ। प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा दिन भनिए पनि उनले टार्दै आएका छन्। 

पछिल्लो समय ओलीको राजीनामाबाट दाहाल पछि हटेको बताइन्छ।


Leave a Reply

Your email address will not be published.