सुन तोलाको ९८ हजार २ सय पुग्यो
नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकै दिन ७ सयले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको छ।
आज मंगलबार छापावाल सुन तोलाको ९८ हजार २ सयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। हिजो सोमबार तोलाको ९७ हजार ५ सय पुगेको थियो।
सोमबार १ हजार २ सयले बढेर तोलाको ९७ हजार ५ सय र आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार सुनको भाउ एकै दिन १ हजार ३ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९७ हजार सय ६० रुपैयाँ कायम भएको छ।
तेजाबी सुन सोमबार ९७ हजार ६०, आइतबार ९५ हजार ८ सय ६०, शुक्रबार ९५ हजार ३ सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ। आज चाँदी तोलाको १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सोमबार १ हजार २ सय १०, आइतबार १ हजार १ सय ५५, आइतबार १ हजार १ सय ५५ र शुक्रबार १ हजार १ सय ५० थियो।
महासंघका अनुसार साउन ५ मा छापावाल सुन तोलाको ९२ हजार ३ सय, ६ मा ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय, ९ मा ९५ हजार ८ सय, ११ मा ९६ हजार ३ सय र १२ गते ९७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै चाँदी साउन ५ मा तोलाको १ हजार, ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५, ९ मा १ हजार १ सय ५०, ११ मा १ हजार १ सय ५५ र १२ गते १ हजार २ सय १० रुपैयाँमा किनबेच भएको थियो।