२८२ संक्रमितको उपचार हुँदै, ३८९९ निको भए
प्रदेश ५ मा २ सय ८२ जना कोराना भाइरसबाट संक्रमितको उपचार भइरहेको छ। संक्रमित भएका ४ हजार १ सय ९४ मध्ये ३ हजार ८ सय ९९ जना निको भइ घर फर्केपछि २८२ जना बाँकी रहेका हुन्।
उपचार गराउनेमध्ये आइसियुमा २ जना, कोरोना अस्पतालको सामान्य बेडमा ४० जना छन् भने अरूकाे जिल्लाका आइसोलेसन सेन्टरमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिएका छन्।
उनका अनुसार प्रदेशमा कोरोनाबाट निको हुनेको दर ९२.९७ प्रतिशत छ। प्रदेश ५ मा अहिलेसम्म कोरोना १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा बढी कपिलवस्तुमा ७६२ जना, दाङमा ६६३ जना र पाल्पामा ५५९ जना संक्रमित भेटिइसकेका छन्। सबैभन्दा कम संक्रमित हुने जिल्ला रुकुम पूर्वमा १५ जना संक्रमित भेटिएका छन्।
प्रदेश ५ मा ५४ जार ५ सय २७ वटा स्वाव संकलन गरिएकोमा ४९ हजार ५ सय ७३ जनाको नेगेटिभ र ४ हजार १ सय ७४ जनाको पोजेटिभ रिपाेर्ट आइसकेको छ भने ७ सय ८० जनाको रिपाेर्ट आउने क्रममा छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले प्रयोगशालामा स्वावको चाप पहिलेको तुलनामा कम भएको बताए। पहिले भैरहवाको प्रादेशिक प्रयोगशालामा ९ सय देखि १ हजारसम्म पेन्टिङ रहने गरेकोमा अहिले सरदर २ देखि ३ सयको संख्यामा मात्रै पेन्डिङ रहने गरेको छ।
उक्त प्रयोगशालामा सोमबार साँझको रेर्कडमा १५७ जनाको मात्रै स्वाब पेन्डिङ देखिन्छ। प्रदेश ५ मा ५ वटा ठाउँबाट पिसिआर मेशिनबाट स्वावको परिक्षण हुने गरेको छ।