स्थगित भनिए पनि बैठकलाई नेकपा नेताहरू बालुवाटारमा भेला
लामो समयपछि आज मंगलबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको सूचना आए पनि कमिटीका सदस्यहरू बैठकका लागि बालुवाटार जाने क्रम जारी छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षको परामर्शका लागि बैठक स्थगित गरिएको सूचना सार्वजनिक गरे पनि नेकपा नेताहरू बैठककै लागि बालुवाटारमा भेला भइरहेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटारमै बैठकका लागि उपस्थित रहेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, प्रदीप ज्ञवालीलगायतका नेताहरू बालुवाटारमा भेला भइसकेका छन्।
अरू नेताहरू पनि आउने क्रम जारी रहेको सापकोटाले जानकारी दिए। यस्तै, परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले धेरै एजेन्डामा छलफल गर्नुपर्ने भएकाले आजै बैठक हुनसक्ने जानकारी दिए।