कमलादीबाट १५ किलो अवैध सुन बरामद 

कमलादीबाट १५ किलो अवैध सुन बरामद 

काठमाडौं प्रहरीले कमलादीबाट १५ किलो अवैध सुन बरामद गरेको छ। 

महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले सुन बरामद भएको जानकारी दिएका छन्।

अवैध रुपमा भित्र्याइएको अवस्थामा उक्त सुन बरामद भएको केसीले बताए।  

केसीका अनुसार सुनसँगै केही हतियार पनि बरामद भएको छ। सुनसहित हतियार पनि बरामद भएकाले थप अनुसन्धान गरी केहीबेरपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी रहेको डिएसपी केसीले जानकारी दिए।
 


Leave a Reply

Your email address will not be published.