ओलीलाई च्याप्दै वामदेवले अघि सारे ६ प्रस्ताव 

ओलीलाई च्याप्दै वामदेवले अघि सारे ६ प्रस्ताव 

नेकपाको आन्तरिक विवादसँगै ‘पार्टी विग्रह रोक्न’ भन्दै नेकपा नेता वामदेव गौतमले ६ वटा प्रस्ताव अघि सारेका छन्। उनले अहिलेको कार्यकाल अवधिभर प्रधानमन्त्री ओलीलाई नै बनाउने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिनेगरी प्रस्ताव अघि सारेका हुन्। 

स्थायी कमिटी बैठक स्थगित भएको केही समयमा नै मंगलबार वामदेवको उक्त प्रस्ताव सार्वजनिक भएको छ। पार्टीको एकता महाधिवेशन नहुँदासम्म पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहने र प्रतिनिधिसभाको यस कार्यकालको प्रधानमन्त्री पनि ओली नै रहने प्रस्ताव गरेका छन्। 

यस्तै, अर्का अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कार्यमा पार्टीले हस्तक्षप नगर्ने तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका निर्णय गर्दा पार्टीको सचिवालयसँग परामर्श गर्ने र प्रशासन तथा सुरक्षा निकायका कर्मचारी सरुवा-बढुवा गर्न मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने प्रस्ताव वामदेवको छ। 

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि सचिवालयको परामर्श लिने र पार्टीका सबै बैठक पार्टी कार्यालयमै गर्नुपर्ने प्रस्ताव गरेका छन्।

 


Leave a Reply

Your email address will not be published.