बुढीगंगा नदीको केही क्षेत्र थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

बुढीगंगा नदीको केही क्षेत्र थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीको केही क्षेत्र थनिएको छ।

खहरे खोला (गुईगाड) मा आएको बाढीसँगै ढुंगासहित गेग्रान बगेर बुढीगंगामा थुपारेपछि नदीकाे केही क्षेत्र थुनिएकाे हो।

बुढीगंगाकाे ताप्रीसेरा बगरमा केही क्षेत्र थुनिँदा माथिललाे क्षेत्रमा पानीकाे बहाब बढ्न थालेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए। 

लगातारकाे वर्षासँगै बुढीगंगामा पानीको बहाब बढिरहेका बेला ताप्रीसेरामा केही मात्रामा थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

यसले बुढीगंगा नगरपालिकासँगै अछामको साफेँबगरका तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने आँकलन गरिएको उनले बताए।

लामो समयसम्म पानी थुनिएमा एकैपल्ट बाहिर आएमा त्यसले बाढी आउन सक्ने जोखिम भएकाले सतर्कता अपनाउन भनिएको रोकायाले बताए।


Leave a Reply

Your email address will not be published.