कालिकोटमा पहिरो, पाँच जना बेपत्ता, एकजनाको शव भेटियो

कालिकोटमा पहिरो, पाँच जना बेपत्ता, एकजनाको शव भेटियो

लगातारको वर्षापछि कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने, पाँच जना बेपत्ता भएका छन्। सान्नीत्रिवेणी गाउँपालिका-७ का टेकबहादुर टमटाको घर पहिरोले पुरिएको छ। यस्तै, पहिरोकै कारण स्थानीय १४ वर्षीया छोरी बेलपुरा शाहीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शाही ब्रत बसेकी थिइन्। यता कालिकोटकै रास्कोट नगरपालिका-१ रास्कोट नगरपालिका-१ वडवालतोलामा पहिरो जाँदा जयबहादुर शाहीसहित पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए। 

पहिरोकै कारण रास्कोट नगरपालिका-१ का १८ वर्षीया यशोदा टमटा र ८० वर्षीया मयसरा टमटा घाइते भएका छन्। पहिरोले कर्णाली करिडोरअन्तर्गत पर्ने फुगाड बेलीब्रिज पुलसमेत बगाएको छ।

बेपत्ता व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले बताए। लगातार पानी परिरहेकाले उद्धारमा गएका प्रहरी घटनास्थल पुग्न नसेकेको उनको भनाइ छ। रास्कोट र मुम्रबाट प्रहरी घटनास्थलतर्फ गइरहेका छन्।


Leave a Reply

Your email address will not be published.