पार्टी दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं: योगेश भट्टराई

पार्टी दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं: योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भइरहेका बेला स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले दुर्घटना नजिक देखिएको र सबै रोकिऔं भनी अभिव्यक्ति सार्वजनिक गरेका छन्। 

मंगलबार दिउँसो ट्वीटमार्फत भट्टराईले भने, ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौं।’ मंगलबारै आह्वान गरिएको स्थायी समिति बैठक प्रधानमन्त्री केपी ओलीको एकल निर्णयले रोकिएको थियो। ‌

ओलीले बैठक रोके पनि बालुवाटारमा उनीइतरका नेताहरूको बैठक केहीबेर चलेको थियो।


Leave a Reply

Your email address will not be published.