झापामा हडियाले बगाएर बालकको मृत्यु

झापामा हडियाले बगाएर बालकको मृत्यु

झापामा स्थानीय हडिया  खोलाले बगाउँदा एक बालको मृत्यु भएको छ।

जिल्लाको उत्तरी गाउँपालिका ३ बुद्धशान्ति  पिपलबोटेका महेश राईका चार वर्षीय छोरा मौसमको मृत्यु भएको हो। 

खेल्ने निस्केका उनलाई  घर नजिकै रहेको हडिया खोलाले बगाएको हो।

खोलामा बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर उद्दार गरी उपचारको लागि क्लिनिकसम्म पुर्‍याएका थिए। तर  पनि उनलाई बचाउन नसकिएको बुधबारे प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.