बैंकिङ कसुरमा २४ लाख जरिवाना सुनाइएका लोहनी पक्राउ
बैंकिङ कसुरमा २४ लाख जरिवाना र २५ दिन कैद सजाय फैसला भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट साबिक थानापति गाविस-९ घर भई हाल ललितपुर-१४ बस्ने ४३ वर्षीय पारस लोहनी छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं मातातीर्थबाट पक्राउ गरेको हो।
उच्च अदालत पाटनले २०७६ माघ २९ गते जरिवाना र कैद फैसला गरेसँगै उनी फरार थिए।
फैसला कार्यान्वयनको लागि लोहनीलाई ललितपुर जिल्ला अदालत पठाइएको ब्यूरोले जनाएको छ।
लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै तीन जनालाई झुक्याएर बैंकको चेक काटेर दिएपछि पीडित प्रहरीमा गएका थिए।