बालुवाटारमा प्रचण्डको ब्रिफिङः सहमतिबाटै निकास खोजिन्छ

बालुवाटारमा प्रचण्डको ब्रिफिङः सहमतिबाटै निकास खोजिन्छ

नेकपा अध्यक्ष प्रचण्डले आफू पक्षधरका स्थायी कमिटी सदस्यहरूलाई आपसी सहमितमै निकास खोजिने भएकाले उत्तेजित नहुने आग्रह गरेका छन्।

मंगलबार बिहान डाकिएको स्थायी कमिटी बैठक स्थगित भएपछि उपस्थित  सदस्यहरूसँग बालुवाटारमा छलफल गर्दै प्रचण्डले अहिले नै आत्तिएर उत्तेजित बन्नुपर्ने अवस्था नआएको बताएका हुन्।

लामो संघर्ष र प्रयासबाट पार्टी एकता भएको भन्दै उनले एकता कायमै रहने दाबी गरे।

बालुवाटारमा प्रचण्ड-माधव नेपाल समूहका सदस्यहरूको सहभागीतामा बैठक बसेको हो। भेलामा ओली पक्षका नेताहरु उपस्थित थिएनन्।

स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड-नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

सम्बन्धित समाचार- पार्टी दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं: योगेश भट्टराई

ओलीलाई च्याप्दै वामदेवले अघि सारे ६ प्रस्ताव 


Leave a Reply

Your email address will not be published.