मेरो प्रस्तावअनुसार नै पार्टीलाई अगाडि बढाउनुपर्छ: उपाध्यक्ष गौतम

मेरो प्रस्तावअनुसार नै पार्टीलाई अगाडि बढाउनुपर्छ:  उपाध्यक्ष गौतम

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूले प्रस्तावअनुसार नै पार्टी अघि बढाउनुपर्ने बताएका छन् । 

मंगलबार दिउँसो बालुवाटारमा भएको स्थायी समितिका सदस्यहरू सहभागी बैठकमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफूले दिएका सुझावअनुसार नै अघि बढ्नुपर्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीइतरका सदस्यहरूको सहभागी उक्त बैठकमा गौतमले बोलेको कुरा उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘पार्टीलाई विभाजनबाट रोक्न र मजबुत बनाउने हो भने बिहान मैले दिएका ६ बुँदे सुझावअनुसार नै अघि बढ्नुपर्छ।’   

गौतमले मंगलबार बिहान दुई अध्यक्षलाई विभिन्न ६ बुँदामा सुझाव दिएका थिए।

गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।


Leave a Reply

Your email address will not be published.