कर्णालीमा ११ जना डिस्चार्ज, कोरोना जित्नेको संख्या १,६६९

कर्णालीमा ११ जना डिस्चार्ज, कोरोना जित्नेको संख्या १,६६९

मंगलबार कर्णालीमा ११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निको भएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट एकजना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट दुईजना, दैलेख अस्पताल÷नारायण आइसोलेसन सेन्टर दैलेखबाट चारजना निको भई डिस्चार्ज भएका हुन्।

रुकुम पश्चिम अस्पतालबाट चारजना गरी मंगलबार ११ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन्। योसँगै कर्णालीका कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ६९ पुगेको छ।

मंगलबार कर्णालीमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

मंगलबारको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका तीनजना र दैलेखका एकजना रहेका छन्। योसँगै कर्णालीमा एक हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। हाल दुई सय ३९ जना कर्णालीमा कोरोना संक्रमणका सक्रिय बिरामी छन्।

मंगलबार कर्णालीमा २ सय ३४ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो। हालसम्म कर्णालीमा ३९ हजार ८ सय ४२ जनामा कोरोना संक्रमणको परीक्षण भइसकेको छ। 


Leave a Reply

Your email address will not be published.