उपत्यकामा एकैदिन ५३ जनामा कोरोना संक्रमण

उपत्यकामा एकैदिन ५३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा पनि कोरोना संक्रमित बढेको जानकारी दिएका हुन्।

उनका अनुसार मंगलबार काठमाडौं उपत्यकासहित देशभर ३ सय ११ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको १९ हजार ६३ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। 

मंगलबार देशभर ५ हजार १ सय २९ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए। हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमण निको भएका छन्। मंगलबार मात्रै १ सय २१ जना कोरोना जितेर घर फर्किएका छन्।

कुल संक्रमितमध्ये ७२‌.८ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए। मंगलबार १५ हजार ३ सय ३१ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणको कारणले ४९ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.