भिओआइपी कल बाइपासमा संलग्न एक पक्राउ

भिओआइपी कल बाइपासमा संलग्न एक पक्राउ

भिओआइपी कल बाइपास (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल)मा संलग्न रहेको अभियोगमा प्रहरीले राजधानीबाट एक युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ठिमी नगरपालिका-५ घर भई काठमाडौं-७ बौद्ध बस्ने ३३ वर्षीय हरिशंकर श्रेष्ठ छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं-२२ खिचापोखरीस्थित इम्पेरियर बचत तथा ऋण सहकारी र युनाइटेड टेक्नोलोजी प्रा.लि. को भवनबाट श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार उनको साथबाट आठ पोर्टको भिओआइपी उपकरणसमेत बरामद भएको छ।

उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।

उनले नेपालबाट अन्तर्राष्ट्रिय रुपमा कल बाइपास गरी टेलिकमको राजश्व हिनामिना गरेको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published.