सुदूरपश्चिममा थप ८० जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ८० जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा मंगलबार थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा क्रमशः ४२ र ३८ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा डोटीका ३५ र बझाङका तीन जनामा कोरोना संक्रमण पाइएको हो।

सेती प्रादेशिक अस्पतालयमा एक सय ३४ जनाको स्वाब परीक्षण भएकोमा  कैलालीको गोदावरीका ११ महिला र सात पुरुष गरी १८ जना, डोटीको सायलका ६ महिला र १३ पुरुष गरी १९  (जसमा सात महिने बालक पनि) जना, डोटीकै आदर्श गाउँपालिकाका-७ का एक महिला र तीन पुरुष गरी चार जनामा कोरोना देखिएको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका-९  मा एक महिलालाई पनि कोरोना संक्रमण रहेको पाइएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भइसकेका छन्। ९ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.