अस्पतालबाट अमिताभले भने, ‘आँशु रोक्न सकिनँ’ 

अस्पतालबाट अमिताभले भने, ‘आँशु रोक्न सकिनँ’ 

कोरोना भाइरस संक्रमण उपचारका लागि अस्पतालमा भर्ना भएका बलिउडका महानायक अमिताभ बच्चन भावुक भएका छन्। 

बुहारी ऐश्वर्या राय (बच्चन) र नातिनी आराध्या बच्चनको कोरोना भाइरसको रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।  उनीहरु डिस्चार्ज हुँदा अमिताभ भावुक भए। 

उनले इन्स्टाग्राम मार्फत आराध्या र ऐश्वर्या डिस्चार्ज हुँदा आँशु रोक्न नसकेको भन्दै  भावुक सन्देश लेखेका छन्।
 
‘सानी छोरी आराध्या र बुहारी ऐश्वर्या डिस्चार्ज भएका छन् मैले आफ्नो आशु रोक्न सकिन, प्रभुको कृपा अपार अपरम्पार’उनले भनेका छन्।
 ऐश्वर्या र आराध्या डिस्चार्ज भएपनि अमिताभ र छोरा अभिषेक अस्पतालमै रहेका छन्।


Leave a Reply

Your email address will not be published.