स्याङ्जामा थप १६ प्रहरीमा कोरोना पुष्टि

स्याङ्जामा थप १६ प्रहरीमा कोरोना पुष्टि

स्याङ्जामा थप १६ प्रहरीमा कोरोना पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ प्रहरी र एक थुनुवामा कोरोना पुष्टि भएको हो। 

कार्यालयमा कार्यरत एक प्रहरीका २८ महिने छोरामा पनि कोरोना पुष्टि भएको छ । योसहित स्याङ्जामा संक्रमित हुने प्रहरीको संख्या ३७ पुगेको छ। यसअघि साउन ६ गते तीन र सोमबार १८ प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो। 

जिल्ला प्रहरी कार्यालय पुतलीबजार नगरपालिकामा पर्छ । त्यहाँ मंगलबार २० जनामा कोरोना देखिएको छ। प्रहरी, बच्चाबाहेक बाँकी दुई संक्रमित पुतलीबजार नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरु हुन्।

जिल्लामा मंगलबार अरु पाँच जनामा कोरोना संक्रमिण देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। 

पुतलीबजारका २० बाहेक संक्रमण पुष्टि हुनेमा अर्जुनचौपारी गाउँपालिकाका चार र वालिङ नगरपालिकाका एक जना छन्।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए। 

सुरक्षाकर्मीमा नै कोरोना पुष्टि भएपछि स्याङ्जा १० दिनलाई सिल गरिएको छ। मंगलबार बिहान बसेको जिल्ला सिसिएमसीको बैठकले जिल्लामा कडाइ गर्ने निर्णय गरेको सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिए। 
 


Leave a Reply

Your email address will not be published.