‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित बढ्दै, चिकित्सक भन्छन्– लक्षणसहितको कोरोना देखियो भने कसैले बचाउन सक्दैन

‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित बढ्दै, चिकित्सक भन्छन्– लक्षणसहितको कोरोना देखियो भने कसैले बचाउन सक्दैन

विराटनगरमा ट्राभल हिस्ट्रि नभएका कोरोना संक्रमित देखिएपछि अवस्था जटिल बन्दै गएको चिकित्सकको निस्कर्ष छ। 

विराटनगर महानगरपालिका क्षेत्रभित्र पछिल्लो तीन दिनमा फेला परेका ८५ सँक्रमित मध्ये ४० को ट्राभल हिस्ट्रि नै नभेटिएपछि कोरोना कसरी र कहाँबाट स¥यो भन्ने एकीन हुन नसकेको हो। 

सामाजिक विकास मन्त्रालयले गरेको सर्वपक्षीय छलफलमा सहभागी चिकित्सकहरुले पछिल्लो संक्रमणको दर र अवस्थाले स्थिति भयावहतिर संकेत गरेको बताए।

कोशी कोभिड अस्पतालमा कार्यरत चिकित्सक डेनप्रसाद आचार्यले नागरिक तहमा कोरोना जोखिमबारे गम्भिर हेलचेक्राई भइरहेको संकेत गर्दै भने –‘जाने बुुझेकैबाट यो रोगलाई सामान्य मानिरहेको देखिएको छ। यदि कारोनाले साँच्चै लक्षण देखाएर थला पार्यो भने कसैले बचाउन सक्दैन।’

उनका अनुसार व्यक्ति स्वंय स्वास्थ्य सचेतनाबारे गम्भिर नबन्दासम्म सरकार र चिकिसत्कको सक्रियताले केही हुनेछैन।  

संक्रमित भएर उपचार गर्ने पद्धतीको विकास गर्नेभन्दा हालको अवस्थामा यसलाई समुुदायस्तरबाटै रोक्न पहल गर्नुुपर्ने उनको सुुझाव छ। 

अर्का चिकित्सक शंकर अधिकारीले विरामी भएर अस्पताल जाने र सरकारले उपचार गर्दिन्छ भनेर पर्खने हो भने स्वास्थ्य सँस्थाले धान्नै नसक्ने भन्दै संक्रमितको अवस्थाका आधारमा होम आइसोलेसनमा बस्ने या आइसोलेटेड अस्पताल जाने भन्ने निक्र्यौल गर्नुुपर्ने सुुझाव दिए। 

विराटनगरमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमै कोरोना पोजेटिभ देखिएपछि यसले पार्ने असरसँग कसरी जुुध्ने भन्ने बारे रणनीति तय गर्न प्रदेश सरकार विज्ञ र विभिन्न क्षेत्रका व्यक्तिसँग राय लिनेकाम जारी राखेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै क्षेत्रका व्यक्तिको सल्लाहका आधारमा सरकारले तत्काल निर्णय लिने बताए। 

उनले लकडाउ नै अन्तिम विकल्प नभएको निस्कर्षमा आफुु पुुगेको भन्दै स्वास्थ्य सचेतना र स्वअनुुशासनलाई पहिलो प्राथमिकतामा राख्न बृहत सचेतना कार्यक्रम संचालन गरिने जानकारी दिए। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुुरेश मेहेतकाअनुसार सरकारले परिक्षणको दर बढाउने तयारी गरेको छ। 

स्वीस सरकारबाट भर्खरै प्राप्त ठुलो क्षमताका दुुइ थान पिसिआर मेसिन संचालनको अन्तिम तयारी भएको जानकारी दिँदै उनले भने  ‘कोरोना नियन्त्रणमा प्रदेश १ को उपाय एकदम प्रभावकारी थियो। हामी यो समुदायको गइसकेको भनिएको कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन गम्भिरतापूर्वक प्रयास गर्नेछौँ ।’

मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म भेटिएका सँक्रमित मध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ। 

तथ्यांकअनुसार प्रदेश १ मा ९ सय ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने ति मध्ये ७ सय ४५ उपचारपछि घर फर्केका छन्। 
आइसोलेसनमा उपचार हुनेको संख्या १ सय ७९ रहेको छ भने बाँकि व्यवस्थापनको प्रक्रियामा रहेका छन् । 

अहिलेसम्म प्रदेश एकका कुुनै पनि नागरिकले कोरोना सँक्रमणका कारण ज्यान गुुमाउन नपरेको सरकारको भनाई छ । 


Leave a Reply

Your email address will not be published.