कैलालीका बस्तीमा बाढी, सय बढी परिवार सारिँदै 

कैलालीका बस्तीमा बाढी, सय बढी परिवार सारिँदै 

मंगलबार रातिदेखि भइरहेको अबिरल बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा डुवानमा पर्न थालेका छन्। 

विभिन्न ठाउँका एक सयभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।  

कैलालीको कान्द्रा, पथरैया र काढा, नदी गाउँमा पस्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काढा नदीमा आएको बाढी गाउँमा पस्दा जोशीपुरका २५ घर डुवानमा परेका छन्। 

यसैगरी पथरैया नदीमा आएको बाढीले जोशीपुरकै ८ घर डुवानमा परेका छन् भने काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घरमा डुवानमा परेपछि ती परिवारलाई सार्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

विष्टका अनुसार कान्द्रा नदीमै आएको बाढीका कारण भजनीकै १६ घर डुवानमा परेका छन्। 

पथरैया नदीमा आएको बाढीका कारण भजनीको लालबोझी क्षत्रका ६० बढी परिवारलाई अन्यत्रै सार्ने तयारी भइ रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। 

यसैगरी मोहना नदीमा पानीको बहाव बढेपछि तटिय क्षत्रमा रहेका नागरिकलाई पनि सतर्क रहन आग्रह गरिएको विष्टले बताए।


Leave a Reply

Your email address will not be published.